दिगो पर्यटन सहकारी संस्था लि.

Regular Saving (नियमित बचत)

सदस्यहरुले नियमित रुपमा दैनिक/साप्ताहिक तथा मासिक बचत जम्मा गर्नुपर्ने प्रकृतीका निम्न विशेषता भएका बचत खाताहरु यस अन्र्तगत पर्दछन ।

विशेषताहरु:

  1. तोकिएको अवधिसम्म यस खाता संचालन गरि दैनिक/साप्ताहिक तथा मासिक रुपमा नियमित बचत गर्नको लागि यस खाता संचालन गर्न सकिन्छ ।
  2. यस खातामा दैनिक मौज्दातमा संस्थाको नियमअनुसार व्याज प्रदान गरिनेछ, समय सापेक्ष अनुसार व्याजदर परिवर्तन हुन सक्नेछ भने प्राप्त व्याजमा नेपाल सरकारको नियमअनुसार कर कट्टा गरि ६/६ महिनामा पूजीकृत भुक्तानी गरिनेछ ।
  3. सदस्यले प्रत्येक तीन/तीन महिनामा अनिवार्य रुपमा पासवुक चेक गराउनु पर्नेछ ।
  4. यस योजना अन्र्तगत खाता संचालन गर्ने सदस्यहरु मध्येबाट उत्कृष्ट बचत सदस्य छनौट गरि हरेक वर्षको वार्षिक साधारण सभामा पुरष्कृत गरिने छ ।

१. दिगो पर्यटन दैनिक/मासिक नियमित बचत खाता

  • यस खाताको अवधि कम्तीमा ६ महिना वा सो भन्दा बढीको हुनु पर्ने छ ।
  • यस खातामा सदस्यको इच्छाअनुसार दैनिक,साप्ताहिक, पाक्षीक तथा मासिक रुपमा बचत जम्मा गर्न सकिने छ ।
  • यस खाता संचालन पश्चात सदस्यलाई पासवुक उपलब्ध गराईनेछ ।
  • यस बचत खातामा खाताको अवधि अनुसार ब्याज दिइने छ ।
  • नियमित वचत गर्ने प्रकृतिको खाता भएकोले खाता संचालन पश्चात दैनिक/साप्ताहिक गरि मासिक न्युनतम रु.२,०००।–(अक्षरुपी दुई हजार मात्र)अनिवार्य जम्मा गर्नुपर्नेछ ।

यस खाताको अवधिअनुसार निम्न ब्याज प्रदान गरिने छ ।

सि.नं अवधि वार्षिक ब्याजदर
१ ६ महिना ८.५ प्रतिशत
२ १ वर्ष ९ प्रतिशत
३ २ वर्ष १० प्रतिशत
४ ३ वर्ष ११ प्रतिशत

२. दिगो पर्यटन बाल भबिष्य बचत खाता

  • यस खाता जन्मे देखि १६ वर्ष अवधि सम्मका बालबालिकाहरुलाई लागु हुनेछ ।
  • यस खाताको अवधि कम्तीमा २ वर्ष वा सोभन्दा बढी अवधिको हुनुपर्ने छ ।
  • यस खातामा सदस्यको इच्छाअनुसार दैनिक, साप्ताहिक, पाक्षीक वा मासिक रुपमा बचत जम्मा गर्न सकिने छ ।
  • यस खाता संचालन पश्चात सदस्यलाई पासवुक उपलब्ध गराईने छ ।
  • नियमित वचत गर्ने प्रकृतिको खाता भएकोले खाता संचालन पश्चात मासिक न्युनतम रु.२,०००।–(अक्षरुपी दुई हजार मात्र)अनिवार्य जम्मा गर्नुपर्ने छ ।
  • यस खाता संचालनको ७ महिना पश्चात कारोवारको आधारमा खाता संचालकको जन्म दिनमा हरेक वर्ष उपहार स्वरुप बढीमा रु.5००।–(अक्षरुपी पाँच सय मात्र) वा १ पाउण्डको Birthday Cake उपलब्ध गराईने छ ।

यस खाताको अवधिअनुसार निम्न ब्याज प्रदान गरिने छ ।

सि.नं अवधि वार्षिक ब्याजदर
१ २ वर्ष ९ प्रतिशत
२ ३ वर्ष १० प्रतिशत
३ ४ वर्ष ११ प्रतिशत
४ ५ वर्ष १२ प्रतिशत
५ ५ वर्ष भन्दा बढी १३ प्रतिशत

(नोट: नियमित वचत नगर्ने सदस्यहरुको हकमा यो नियम लागू हुने छैन् ।)

३. दिगो पर्यटन ३६५ दिन बचत खाता

  • यस बचत योजनामा सबै उमेर समुहका व्यक्तिहरु सदस्य बन्न सक्ने छन् ।
  • यस खाताको अवधि ३६५ दिनको हुने छ ।
  • यस योजना अन्र्तगत सदस्य बनेका सदस्यहरुले कबुल गरेको रकम नियमित रुपमा दैनिक जम्मा गर्नु पर्ने छ ।
  • यस बचत खाता संचालन पश्चात बीचैमा खाता बन्द गर्नुपरेमा सावा रकम मात्र उपलब्ध गराईने छ ।
  • यस बचत योजनामा नियमित रुपमा बचत जम्मा गरेको ३६५ दिन पूरा भए पछि त्यसको ३० दिनपछि भुक्तानी दिईने छ ।
  • कुनै कारणले नियमित रकम जम्मा गर्दै जाँदा विचमा रकम जम्मा हुन नआएमा र यस योजनालाई निरन्तरता दिन चाहेमा दैनिक रुपमा जम्मा गर्दै ३६५ किस्ता बचत गर्नु पर्नेछ ।
  • यस बचत योजनाको बीचमा कार्यक्रम छोड्नुपर्ने भएमा साँवा रकम मात्र उपलब्ध गराइने छ ।

यस खातामा निम्न अनुसारका खाता संचालन गर्न सकिनेछ ।

सि.नं दैनिक वचत रकम रु. भुक्तानी रकम रु.
१ १००।– ४०,०००।–
२ २००।– ८०,०००।–
३ ५००।– २,००,०००।–
४ १,०००।– ४,००,०००।–

४. दिगो पर्यटन मासिक किस्ता बचत खाता

५. दिगो पर्यटन शेयर सदस्य अनिवार्य बचत खाता

६. दिगो पर्यटन शेयर सदस्य नियमित बचत खाता

  • दिगो पर्यटन सहकारी संस्थाका सम्पुर्ण संस्थापक शेयरधनीहरुले अनिवार्य रुपमा यो खाता संचालन गरि मासिक रुपमा कम्तीमा रु.३,०००।– र संचालक समिति तथा अन्य उपसमितिका पदाधिकारीहरुले मासिक रुपमा कम्तीमा रु.५,०००।– बचत गर्नुपर्ने छ ।
  • यस खाताको अवधि ५/१०/१५ वर्षको लागि खोल्नुपर्ने छ ।
  • यस खातामा सदस्यको इच्छाअनुसार दैनिक, साप्ताहिक, पाक्षीक वा मासिक रुपमा बचत जम्मा गर्न सकिने छ ।

यस बचत खातामा अवधि अनुसार निम्न अनुसार ब्याज दिइने छ ।

सि.नं खाताको अवधि वार्षिक व्याजदर
१ ५ वर्ष १० प्रतिशत
२ १० वर्ष ११ प्रतिशत
३ १५ वर्ष १२ प्रतिशत
४ १,०००।– ४,००,०००।–

कैफियत : संस्थापक शेयर सदस्य र संचालकहरुले अनिवार्य बचत गर्नुपर्ने ।