काठमाण्डौ महानगरपालिका वडा नं १६, सोह्रखुट्टेमा अवस्थित दिगो पर्यटन सहकारी संस्था लिमिटेडको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत गर्न चाहन्छु । सहकारीको अन्तराष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त अनुसार, सहकारी भनेको सदस्यहरुको साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता र आंकाक्षाहरु पूरा गर्न सदस्यहरुद्धरा नियन्त्रित र संचालित एक स्वायत्त संस्थाहो । हाम्रो संस्था विगत स्थापनाकाल देखि नै “दिगो पर्यटन सहकारीको चाहना, सेवा र समर्पणको भावना” भन्ने सिद्धान्तमा आधारीत रहेर सदस्यहरुलाई सुरक्षित र दिगो बचत तथा ऋणका लागि नवीनतम आधुनिक प्रविधिहरु, एसएमएस जस्ता स्मार्ट बैंकिङ सेवाहरु प्रयोग गरी उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउदै आएको कुरामा विश्वास दिलाउन चाहन्छु ।
हाम्रो संस्थाको मुख्य उद्धेश्य वर्तमान प्रतिष्पर्धात्मक वित्तिय बजारमा स्वस्थ प्रतिष्पर्धाको माध्यमबाट सदस्यहरुलाई निक्षेपमा आकर्षक व्याज प्रदान गरि निक्षेप रकमलाई सदस्य व्यवसायी, उधमी, युवा, महिला, घरेलु, सानाउधमी, कृषि तथा पर्यटन व्यवसाय प्रवद्र्धनको लागि सुलभ व्याजदरमा छिटो छरितो सेवाको माध्यमबाट कर्जा प्रवाह गरी सदस्यहरुलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउँदै सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा उच्च टेवा पुर्याउदै र समाज प्रतिको उत्तरदायित्व समेत निर्वाह गर्दै अन्तर्राष्टिय सहकारी मूल्यमान्यता र सिद्धान्तलाई आत्मसात गर्दै नेपालको सहकारी ऐन, नियमावली, संस्थाको स्वीकृत विनियम तथा विनियमावलीहरुको अधीनमा रही सदस्यहरुको अधिकतम हित गर्ने उद्धेश्य रहेको छ ।
हामी हाम्रा सदस्यहरुलाई बचतमा अधिकतम व्याजदरमा मात्र ध्यान नदिई सबल र सुरक्षित सहकारी संस्थाको रुपमा दिगो पर्यटन सहकारीलाई छनौट गरी आफनो तथा व्यवसायको वित्तिय कारोवार यसै संस्थाबाट गरी उच्चतम लाभ तथा सुरक्षाको प्रत्याभूति लिनु हुन सल्लाह दिन चाहन्छौ ।
संस्थाको उपलब्धि र सेवा, बचत तथा ऋण कारोबार, संस्थाको सम्पत्तिमा भएको निरन्तर वृद्धिलाई संस्थाको सकारात्मक सुचकको रुपमा मापन गर्दै संस्थाको उन्नती, प्रगती र विकास तथा लक्ष्य प्राप्तिमा सदासर्वदा समर्पित दक्ष तथाअनुभवी समिति एवं उपसमितिका पदाधिकारीहरु तथा संस्थाका सम्पुर्ण कर्मचारीहरुद्धरा संस्थालाई सुव्यवस्थित गरिएको विश्वास दिलाउन चाहन्छु । हाम्रो संस्थामा मुख्यत पर्यटन क्षेत्रका लगानीकर्ताहरु रहेका छन् र पर्यटन क्षेत्रको विकाशमा हाम्रो मुख्य ध्यान छ । सम्पुर्ण पर्यटन क्षेत्रका कारोवारदाताहरुलाई सुरक्षित लगानीको लागि हाम्रो संस्थासंग कारोवार गर्न हार्दिक अनुरोध गर्दछु ।
अन्तमा, संस्थालाई आगामी दिनमा नेतृत्वदायी संस्थाको रुपमा स्थापित गराई समग्र सहकारी क्षेत्रको विकास तथा प्रबद्धनमा निर्णायक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्तगर्दछु ।
धन्यवाद ! जय सहकारी !!
राजेन्द्र प्रसाद सापकोटा
अध्यक्ष
दिगो पर्यटन सहकारी संस्था लिमिटेड
सोह्रखुट्टे, काठमाण्डौ