यस संस्थामा कारोवार गर्ने सदस्यहरुलाई निजहरुको व्यावसायीक आय व्यय विवरण तथा कारोवारको आधारमा प्रदान गरिने कर्जा ।
कर्जाको समयावधि १ देखी ३ वर्ष सम्म, मासिक सावा र व्याज गरि भुक्तानी गर्नुपर्नेछ ।
कर्जाको किस्ता रकम संस्थाको वजार प्रतिनिधि मार्फत दैनिक कर्जा असुली खातामा पठाउनुपर्ने छ ।
कर्जाको व्याजदर तथा अन्य शुल्क संस्थाको नियमअनुसार ।
२. दिगो पर्यटन विशेष कर्जा
यस संस्थाको संचालक सदस्यहरुको सिफारीसको आधारमा संस्थाका शेयर सदस्यहरुलाई छोटो अवधिको लागि प्रदान गरिने कर्जा , यस कर्जाको अवधि वढीमा १(एक) महिना मात्र ।
यस कर्जाको व्याजदर संस्थाको नियमअनुसार, कर्जा स्वीकृतको समयमा आपसी छलफलवाट तय गरिने ।
भुक्तानीको किसिम, अवधि समाप्त पश्चात एकमुष्ठ सावा र व्याज ।
३. दिगो पर्यटन सवारीसाधन खरीद कर्जा
संस्थामा कारोवार गर्ने वचत तथा शेयर सदस्यहरुलाई सवारी साधन खरीदको लागि प्रदान गरिने कर्जा ।
यस कर्जामा सवारीसाधनको मुल्यको वढीमा ७० प्रतिशतसम्म संस्थाले कर्जा लगानी गर्ने छ ।
कर्जाको समयावधि १ देखी ५ वर्ष सम्म , मासिक सावा र व्याज गरि भुक्तानी गर्नुपर्ने छ ।
कर्जाको व्याजदर तथा अन्य शुल्क संस्थाको नियमअनुसार ।
यस कर्जामा सवारीसाधन नामसारी गर्दा यातयात कार्यालयमा लाग्ने सम्पूर्ण खर्च ऋणी स्वंयमले व्यहोर्नु पर्नेछ ।
ऋणीले सवारीसाधनको Insurance गरि वार्षिक नवीकरण गरेको कागजपत्र संस्थामा वुझाउनु पर्नेछ ।
पुरानो सवारीसाधनको हकमा सम्बन्धीत प्राविधिकवाट मुल्याङकन गराई Distressed Value को बढीमा ५० प्रतिशत मूल्य सम्म मात्र कर्जा लगानी गरिनेछ साथै ५ वर्ष भन्दा पूरानो सवारी साधनमा कर्जा लगानी गरिने छैन । पूरानो सवारी साधनको हकमा कर्जाको समयावधी ३ वर्ष सम्मको लागि मात्र हुने छ ।
४. दिगो पर्यटन व्यक्तिगत कर्जा
यस संस्थामा खाता संचालन गरि नियमित कारोवार गर्ने वचत तथा शेयर सदस्य हुनुपर्नेछ ।
यस कर्जाको व्याजदर संस्थाको नियमअनुसार वढीमा १६ प्रतिशत सम्म ।
कर्जाको समयावधि १ देखी ३ वर्ष सम्म, मासिक सावा र व्याज गरि १ देखी ३ वर्ष भित्र भुक्तानी गर्नु पर्नेछ ।
कर्जाको किस्ता रकम दैनिक/मासिक रुपमा भुक्तानी पठाउनु पर्नेछ ।
कर्जाको व्याजदर तथा अन्य शुल्क संस्थाको नियमअनुसार ।
५. दिगो पर्यटन कृषि कर्जा
एकिकृत कृषि (कुखुरा पालन, पशु पालन, तरकारी खेती, फलफुल खेती, नगदे बाली, खाद्यान्न बाली, कृषि औंजार खरिद, नर्सरी आदि) कार्यको लागि प्रदान गरिने कर्जा ।
यस संस्थामा खाता संचालन गरि नियमित कारोवार गर्ने वचत तथा शेयर सदस्य हुनुपर्ने छ ।
कर्जाको समयावधि १ देखी ३ वर्ष सम्म , मासिक सावा र व्याज गरि १ देखी ३ वर्ष भित्र भुक्तानी गर्नुपर्ने छ ।
कर्जाको किस्ता रकम दैनिक/मासिक रुपमा भुक्तानी पठाउन ुपर्ने छ ।
कर्जा रकम वढीमा ६ लाख सम्म मात्र ।
कर्जाको व्याजदर तथा अन्य शुल्क: संस्थाको नियम अनुसार ।
६. दिगो पर्यटन शैक्षिक कर्जा
संस्थाका संस्थापक शेयर सदस्यका छोरा छोरी तथा निजहरुको सिफारीस एवं जमानतमा नाता गोता तथा एकाघर परिवारका सदस्यहरुलाई स्वदेश वा विदेशमा अध्ययनको लागि प्रदान गरिने कर्जा ।
अध्ययनको लागि जाने संस्थाबाट अध्ययन गरिरहेको वा शुरु गर्नका लागि आवश्यक प्रमाणपत्रहरु तथा कागजपत्रहरु पेश गर्नुपर्ने छ ।
यस संस्थामा खाता संचालन गरि नियमित कारोवार गर्ने वचत तथा संस्थापक शेयर सदस्य हुनुपर्ने छ ।
विदेश अध्ययनको हकमा राहदानी, भिषा र प्रवेशाआज्ञाको प्रतिलिपि पेश गर्नुपर्ने छ ।
कर्जाको समयावधि १ देखी ३ वर्ष सम्म , मासिक सावा र व्याज गरि १ देखी ३ वर्ष भित्र भुक्तानी गर्नुपर्नेछ ।
कर्जाको किस्ता रकम दैनिक/मासिक रुपमा भुक्तानी पठाउनुपर्ने छ ।
कर्जा रकम वढीमा रु.१० लाख सम्म मात्र र घर जग्गा धितोको हकमा धितोको मुल्याङकन अनुसार ।
कर्जाको व्याजदर तथा अन्य शुल्क: संस्थाको नियम अनुसार ।
७. दिगो पर्यटन औधोगिक कर्जा
सदस्यहरुको औद्योगिक व्यावसायको लागि प्लाष्टिक, फर्निचर, पस्मिना, कपडा, गार्मेन्ट, गलैचा, कपी उद्योग, छापाखाना, ईट्टा उद्योग, क्रसर उद्योग, बेकरी, जुत्ता तथा चप्पल उद्योग आदि क्षेत्रमा लगानी गरिने कर्जा ।
यस्तो कर्जा संस्थामा भएको नियमित बचत कारोवारको आधारमा सामुहिक जमानतमा बढिमा ५ लाख सम्म प्रदान गर्न सकिने छ ।
कर्जाको समयावधि १ देखी ३ वर्ष सम्म, मासिक सावा र व्याज गरि १ देखी ३ वर्ष भित्र भुक्तानी गर्नुपर्नेछ ।
कर्जाको किस्ता रकम दैनिक÷मासिक रुपमा भुक्तानी पठाउनुपर्ने छ ।
कर्जाको व्याजदर तथा अन्य शुल्क संस्थाको नियम अनुसार ।
८. दिगो पर्यटन कर्मचारीकर्जा
9. दिगो पर्यटन प्रोफेशनल कर्जा
सामुदायीक तथा संस्थागत विद्यालयका शिक्षक, शिक्षिका, सरकारी कार्यालयका कर्मचारी, डाक्टर, ईन्जिनियर,चार्टर्ड एकाउन्टेट, बैंकर, वकिल, पि.एच.डि होल्डर, प्राध्यापक, निजि कम्पनी तथा फर्मका कार्यरत नियमित कर्मचारी, र अन्य संगठित संघ/संस्थामा कार्यरत नियमित कर्मचारीहरुलाई यस कर्जा प्रदान गरिने छ ।
यस शीर्षकमा प्रदान गरिने ऋण रकम अधिकतम रु.५ लाख सम्म प्रदान गरिने छ ।
यस संस्थामा खाता संचालन गरि नियमित कारोवार गर्ने वचत तथा शेयर सदस्य हुनुपर्ने छ ।
कर्जाको समयावधि १ देखी ३ वर्ष सम्म , मासिक सावा र व्याज गरि १ देखी ३ वर्ष भित्र भुक्तानी गर्नुपर्ने छ ।
कर्जाको किस्ता रकम दैनिक/मासिक रुपमा भुक्तानी पठाउनुपर्ने छ ।
कर्जाको व्याजदर तथा अन्य शुल्क: संस्थाको नियम अनुसार ।
१०. दिगो पर्यटन धितो कर्जा
अचल सम्पत्ति जग्गा, घरजग्गा धितो राखी प्रदान गरिने कर्जा ,
संस्थाका सदस्यहरुको अचल सम्पती धितो राखी व्यापार व्यावसाय गर्न, घरजग्गा खरीद गर्न एवं व्यक्तिगत प्रयोजनको लागि प्रदान गरिने कर्जा ।
यस कर्जा स्वीकृत पश्चात एकाघर परिवारका सदस्यको पारिवारीक मञ्जुरीनामा लिई जमानी तथा साक्षीमा हस्ताक्षर गरे पश्चात कर्जा लगानी गरिने छ ।
संस्थामा राखीने धितोको फिल्ड निरीक्षण गरि आवश्यकताअनुसार प्राविधिक इञ्जिनीयरवाट मुल्याङकन गराई कर्जा प्रदान गरिने छ ।
धितो जग्गा,घरजग्गाको वजारमुल्यको वढीमा ६० प्रतिशत वा मुल्याङकनको म्ष्कतचभकक ख्बगिभ मा संस्थाको नियमअनुसार कर्जा स्वीकृत गर्न सकिनेछ ।
कर्जाको व्याजदर तथा अन्य शुल्क: संस्थाको नियमअनुसार ।
यस कर्जामा धितो निरीक्षण, मुल्याङकन, मालपोत कार्यालयमा धितो रोक्का, कर्जा चुक्ता पश्चात धितो फुकुवा तथा कर्जा लागानी पश्चात संस्थावाट समय समयमा हुने निरीक्षण लगायतका कार्यमा लाग्ने सम्र्पुण खर्च ऋणी स्वंमले व्यहोर्नुपर्नेछ ।
११. दिगो पर्यटन भवन निर्माण कर्जा
अचल सम्पती जग्गा, घरजग्गा धितो राखी प्रदान गरिने कर्जा ,
घरको नक्सा, अनुमानित लागत, स्थानिय निकायबाट घरको नक्सापास, निार्माणधिन घरको फोटो आदि पेश गरे पश्चात कर्जा लिन सकिने छ ।
संस्थामा राखीने धितोको फिल्ड निरीक्षण गरि आवश्यकता अनुसार प्राविधिक इञ्जिनीयरवाट मुल्याङकन गराई कर्जा प्रदान गरिने छ ।
धितो जग्गा ,घरजग्गाको वजारमुल्यको वढीमा ६० प्रतिशत वा मुल्याङकनको म्ष्कतचभकक ख्बगिभ मा संस्थाको नियमअनुसार कर्जा स्वीकृत गर्न सकिने छ ।
कर्जाको व्याजदर तथा अन्य शुल्क: संस्थाको नियमअनुसार ।
यस कर्जामा धितो निरीक्षण, मुल्याङकन, मालपोत कार्यालयमा धितो रोक्का, कर्जा चुक्ता पश्चात धितो फुकुवा तथा कर्जा लागानी पश्चात संस्थावाट समय समयमा हुने निरीक्षण लगायतका कार्यमा लाग्ने सम्र्पुण खर्च ऋणी स्वंमले व्यहोर्नु पर्नेछ ।
१२. दिगो पर्यटन वचत/मुद्धती धितो कर्जा
यस संस्थामा वचत तथा मुद्धती खाता संचालन गर्ने सदस्यहरुलाई वचत तथा मुद्धती रकमको आधारमा ३ प्रतिशत वढी व्याजदर लिई प्रदान गरिने कर्जा ।
वचत/मुद्धती वचत रकमको ब्ँढीम्ँ ९० प्रतिशत सम्म वाकी अवधि सम्मको लागि कर्जा लिन सकिनेछ, वचत÷मुद्धती खाताको अवधि समाप्त सम्म कर्जा चुक्ता नभएमा उक्त रकम कर्जा खातामा रकमान्तर गरि वाकी रकम सदस्यको वचत खातामा रकमान्तर गरिनेछ ।