काठमाण्डौ महानगरपालिका वडा नं १६, सोह्रखुट्टेमा अवस्थित दिगो पर्यटन सहकारी संस्था लिमिटेडको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत गर्न चाहन्छु । पारदर्शिता, जवाफदेहिता र जिम्मेवारीबोधका साथ कार्य सम्पादन गर्नु संस्था प्रमुखको दायित्व हो । नेपाल सरकारले तोकेको मापदण्ड भित्र रहेर संचालक समितिका निर्देशनहरु पालना गरि, सुरक्षित लगानीको वातावरण निर्माण गर्ने र शेयर सदस्यहरुलाई सहज ढंग बाट सेवा सुविधा सहित कर्जा प्रवाह गर्दै आएका छौ । तपाई शेयर सदस्यज्युहरुको वित्तिय आवश्यकता पुरा गर्न व्यवस्थापकका हिसाबले सदैव प्रयत्नसिल रहदै आएकी छु । विध्यमान प्रविधिको युगमा अधिकतम प्रविधि मैत्री सेवा र सुविधा प्रदान गर्ने संस्थाको प्रयास रहने छ । आर्थिक अनुशासनलाई पूर्णत पालना गराउने मेरो प्रयास रहेको छ । सहकारी बजारमा धेरै विकृति र विसंगतिहरु देखिएका छन्, तरलता एबम् अविस्वसनियता आजका प्रमुख समस्याहरु हुन् यस्तो अवस्थामा पनि हाम्रो सस्थाले सकुसलता पुर्वक कार्य सम्पादन गर्दै संस्थालाई नकारात्मक प्रभाव पर्न दिएको छैनौ । आगामी दिनमा हामी हाम्रा सेवाहरुलाई थप बिस्तार गर्दै, सुरक्षित लगानीलाई प्रथामिकता दिने छौ । यो संस्था तपाईहरुको आफ्नै सस्था हो तसर्थ विनाहिचकिचावट आफ्नो संस्थामा ढुक्क भएर कारोवार गर्न सबैमा अनुरोध गर्दछु । तपाईहरुको लगानी सत प्रतिशत सुरक्षित रहने प्रण गर्दछु । सदस्यज्युहरु, संचालक समिति र कर्मचारी सबैको साझा प्रयत्न बाट मात्र संस्थाले प्रगति गर्ने छ तसर्थ सबैले आ–आफ्नो स्थान बाट कार्य सम्पादन गरौ र दिगो पर्यटन सहकारी सस्थालाई दिगो बनाऔ ।
धन्यवाद ।
शर्मिला कटवाल
व्यवस्थापक
९८५११५०२४०