दिगो पर्यटन सहकारी संस्था लि.

संस्थाको परिचय

दिगो पर्यटन सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको, नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालय अन्तर्गत सहकारी विभाग, डिभिजन सहकारी कार्यालय काठमाण्डौंबाट दर्ता नं. ३३२९/०६७/०६८ मिति २०६७।०४।०७ मा दत्र्ता भई विधिवत रुपमा २०६७ साल माघ २५ गतेबाट वित्तीय कारोबार सुचारु गरेको सहकारी संस्था हो ।

यस संस्थाले सहकारी विभागद्धारा जारी गरिएको मापदण्ड भित्र रहदै पर्यटन तथा कृषि व्यवसाय प्रवद्र्धनको लागि सुलभ व्याजदरमा छिटो छरितो सेवाको माध्यमबाट कर्जा प्रवाह गरी सदस्यहरुलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउँदै सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा उच्च टेवा पुयाउँदै र समाजप्रतिको उत्तरदायित्व समेत निर्वाह गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय सहकारी मूल्यमान्यता र सिद्धान्तलाई समेत आत्मसात गर्दै नेपालको सहकारी ऐन, नियमावली, संस्थाको स्वीकृत विनियम तथा विनियमावलीहरुको अधीनमा रही सदस्यहरुको अधिकतम हित गर्ने उद्धेश्यले पर्यटन क्षेत्रको विकासमा विषेश जोड दिदै आइरहेको छ । स्थापनाकालमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं २६ ठमेलबाट आफनो कारोवार गरेको यो संस्थाले हाल काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नं. १६, सोह्रखुट्टेमा कार्यालय स्थानान्तरण गरी सेवा प्रवाह गर्दै आइरहेको छ ।

समुन्नत सहकारीको परिकल्पना सहित उद्यमशीलता विकास, व्यावसायिक हित र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने प्रष्ट सोचाइका साथ सुचारु गरिएको यस संस्थामा पर्यटन क्षेत्रका प्रतिष्ठित उद्योगी,व्यवसायी, डाक्टर, ईन्जिनियर, पेशाकर्मी, समाजसेवी लगायत हरेक तह र तप्कामा रहेका व्यक्तित्वहरु समावेश हुनु हुन्छ ।

काठमाण्डौ महानगरपालिकाको वडा नं १, १५, १६, २९ र ३० मा कार्य क्षेत्र सीमीत रहेता पनि भविष्यमा जिल्ला भरि नै आफ्नो सेवा विस्तार गर्ने क्रममा अगाडि बढिरहेको यस संस्थाले शेयर रकम तथा सदस्य संख्यामा उल्लेख्य बृद्धि गर्नुका साथै कारोबारमा बिस्तार गरी आफ्ना शेयर सदस्यहरुलाई मुनाफा वितरण गर्न सफल भएको छ । संस्थाले शेयर सदस्यको सहजता र मागलाई ध्यानमा राख्दै भविष्यमा Smart Banking, QR Code लगायतका सेवा समेत संचालमा ल्याउने लक्ष्यलिएको छ ।

यस संस्था दिगो पर्यटन सहकारी लिमिटेडले काठमाण्डौ महानगरपालिका वडा नं १६ स्थित साविक गार्डेन होटेल रहेको स्थानमा आफनै नाममा १८५.९५ वर्ग मिटर क्षेत्रफल भएको जग्गा खरीद गरेको र भबिष्यमा उक्त जग्गामा संस्थाको आफनै निजी भवन निर्माण गरी वित्तीय काम कारोबार संचालन गर्ने तथा संस्थाको कार्यालय वाहेकको प्रयोगबाट भाडा संकलन गरी संस्थाको नियमित आम्दानी गर्ने लक्ष्य लिएको छ । यस संस्थाले साना लगानी कर्ताहरु जो व्यवसाय गर्ने अवसारको खोजिमा छन् उनीहरुलाई लगानी गर्ने वातावरणको निर्माण गरी स्वावलम्वी वनाउने र देशमा थप रोजगारी सृजना गर्ने उद्देश्य लिएको छ ।

परिकल्पना (Vision)

यस संस्थाले देश कै सम्पूर्ण सहकारी संस्थाहरु माझ समुदायमा आधारित दिगो र प्रविधि मैत्री हुँदै आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकास गरी एक सबल र सर्वोउत्कृष्ठ वित्तिय सहकारी संस्थाको रुपमा स्थापित हुने रहेको छ ।

ध्येय (Mission)

सहकारीको अन्तराष्ट्रिय मूल्य, मान्यता, र सिद्धान्तहरुको मर्म र भावनालाई आत्म साथ गर्दै नेपालको सहकारी ऐन, नियमावली, संस्थाको स्वीकृत विनियम, विनियमावलीहरु, नीतिहरु तथा कार्यविधिअनुुसार आफ्ना सदस्यहरुको आर्थिक ,सामाजिक, साँस्कृतिक विकास सहित रुपान्तरणको लागि समूदायमा आधारित भएर सदस्य सहकारी शिक्षा, वित्तीय साक्षरता, व्यवसायिक तथा स्वरोजगार तालिम सहितको प्रविधिमा आधारित वित्तीय सेवाको पहुँच विस्तार गर्दै सदस्यको सन्तुष्टि अभिवृद्धि गर्ने रहेको छ ।

उद्देश्य (Objectives)

कार्यहरु :

Co-operative (सहकारी)

A co-operative is an autonomous association of persons united voluntarily to meet their common economic, social, and cultural needs and aspirations through a jointly-owned and democratically-controlled enterprise.

सहकारी भनेको संयुक्त स्वामित्व र लोकतान्त्रिक नियन्त्रित उद्यम मार्फत आफ्ना साझा आर्थिक, सामाजिक, सांस्कृतिक आवश्यकता र आकांक्षाहरू पूरा गर्न स्वेच्छिक रूपमा एकजुट भएका व्यक्तिहरूको स्वायत्त संस्था हो।

Co-operative Value (सहकारी मूल्य)

Co-operatives are based on the values of self-help, self-responsibility, democracy, equality, equity and solidarity. In the tradition of their founders, co-operative members believe in the ethical values of honesty, openness, social responsibility and caring for others.

सहकारीहरू आत्म–सहयोग, आत्म–उत्तरदायित्व, लोकतन्त्र, समानता, समानता र ऐक्यबद्धताका मूल्यहरूमा आधारित हुन्छन्। आफ्ना संस्थापकहरूको परम्परामा, सहकारी सदस्यहरू इमानदारी, खुलापन, सामाजिक उत्तरदायित्व र अरूको हेरचाह गर्ने नैतिक मूल्यहरूमा विश्वास गर्छन्।