संस्थाले लागू गरेको विभिन्न किसिमको बचत तथा कर्जाको ब्याजदर नियमकारी निकायबाट जारी सन्दर्भ व्याजदरको आधारमा बजार स्थिति, प्रतिस्पर्धि संस्थाहरुको ब्याजदर अनुसार समय समयमा विश्लेषण गरी त्यसलाई मध्यनजर गर्दै समय सापेक्ष अनुसार व्यवस्थापनको सिफारीसमा संचालक समितिको निर्णयबाट निर्धारण भए बमोजिम हुनेछ । व्याजमा प्रचलित कानुन अनुसार व्याजकर कट्टा गरिनेछ । आवधिक/मुद्धती बचतको हकमा संम्झौता भइसकेपछी सम्झौता अवधिभर व्याजदर परिर्वतन गरिने छैन ।